आज पनि शेयर बजारमा हरियाली, ७०.८१ अंकले बढ्यो

  Sampatti News 2024

August 12, 2024


काठमाडौं । दोस्रो कारोबार दिन पनि धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।
सोमबार शेयर बजार ७० दशमलव ८१ अंकले वृद्धि भइ २ हजार ९ सय ३१ बिन्दुमा बजार रोकिएको हो ।
त्यसो त आज कारोबारमा भने नयाँ रेकर्ड कायम भएको छ ।
आइतबार २५ अर्बको कारोबार भएकोमा आज त्यसको रेडर्क तोड्दै २७ अर्ब बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज २७ अर्ब २४ करोड, २० लाख ३४ हजार ७ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको हो ।
आज कारोबारमा आएकामध्ये १७१ कम्पनीको शेयरमा वृद्धि, ६८ कम्पनीको शेयरमा गिरावट भएको छ भने ३ कम्पनीको शेयरमा कुनै पनि परिवर्तन भएका छैनन् ।

त्यस्तै आज कारोबारमा आएकामध्ये सूर्यलाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा बढी आर्जन गरेका छन् । त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी, स्वेट गंगा हाइड्रो लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् ।
यसैगरी कुथेली भुकारी स्मल हाइड्रोपावर, लक्ष्मी लघुवित्त कम्पनी, गरिमा डिबेञ्चन २०८५ र कुमारी सवल योजना लगायतका लगानीकर्ताहरुले बढी गुमाएका छन् ।
पछिल्ला दिनहरुमा शेयर बजारमा हरियाली छाइरहेको छ । लामो समय शिथिल अवस्थामा शेयर बजार रहँदा निराश बनेका लगानीकर्ताहरु पछिल्ला दिनहरुमा उत्साहित देखिन थालेका छन् ।

प्रकाशित मिति:August 12, 2024