राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बखती नियुक्त

  Sampatti News 2024

August 12, 2024

काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा रमेश कुमार बखती नियुक्त भएका छन् ।

सोमबार चार वर्षका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खतीलाई प्रतिष्ठानको कार्यकारी पदमा नियुक्त गरेको हो ।

मन्त्रालयका सहसचिव मदन दहालको संयोजकत्वमा गठन गरिएको समितिले प्रारम्भिक छनौटमा परेका ६ जनामध्येबाट बखतीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । सो पदका लागि ११ जनाको आवेदन परेको थियो ।

सञ्चालक समितिबाट सर्वसम्मत नियुक्तिका लागि सिफारिस गरिए अनुसार सोमबार(आज) नै मन्त्रालयका सचिव स्तरको निर्णयबाट बखतीलाई नियुक्ति दिइएको छ । सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था छ । सचिव मुकुन्द प्रसाद निरौलाबाट शपथ ग्रहणसमेत गरिसकेका कार्यकारी निर्देशक बखतीले बुधवार देखि कार्यभार सम्हाल्दै छन् ।

प्रकाशित मिति:August 12, 2024