चर्चबइज भुटानको पारो एफसीसँग पराजित

Nepal Cover
३० श्रावण २०८१, बुधबार
image

काठमाडौं । चर्च ब्वाइज युनाइटेडविरुद्ध २–१ को जित निकाल्दै भुटानको पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबार भएको खेलमा पारोलाई जित दिलाउन किङ्गा वाङ्चुक र विलियम ओपोकुले गोल गरे।

चर्च ब्वाइजका लागि ३९औँ मिनेटमा लाकेन लिम्बुले एक गोल गरेका थिए। मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । त्यसको दुई मिनेटमै अर्थात् ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले बराबरी गोल फर्काउँदै खेल बराबरीमा ल्याए । चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भए ।

नेपालको चर्च ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिग विजेता हो भने पारो एएफसी भुटानको लिग विजेता हो।