काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका तत्कालिन कार्यायल प्रमुख बद्री रिजालले गरेको बदमासिबारे छानविन सुरु भएको छ । रिजाल ट्रमा सेन्टरमा प्रमुख रहेका बेला १५ जना आफ्ना निजी अस्पतालका कर्मचारी भर्ना गरेको विषयमा उनी र उक्त विषयममाथि राष्ट्रिय सतर्कता केन्द्रले छानविन सुरु गरेको हो ।
रिजाल आफैं अस्पतालको सञ्चालकसमेत हुन । सामाखुशीस्थित अल नेपाल अस्पतालका सञ्चालक रहेका उनले आफ्नो अस्पतालमा कार्यरत प्रयोगशालाकर्मीहरुलाई ट्रमाको प्रयोगशालामा नियुक्ति दिलाएको लगायतको उनीमाथि आरोप छ । उनले त्यहा १५ जना कर्मचारी नियुक्त गरेको र उनीहरुलाई चार लाखको दरले रकम असुलेको उनीमाथि आरोप लागेको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले उक्त नियुक्तिका विषयमा भएका सबै आवश्यक कागजात तीन दिनभित्र पठाउन निर्देशन समेत दिइसेको छ ।
सतर्कताले १५ कर्मचारी भर्ना गरिएको बिषयमा ट्रमा सेन्टरलाई ३ दिनभित्र राय प्रतिक्रिया सहित आवश्यक कागजात उपलव्ध गराउन केन्द्रले ट्रमाका नाममा पत्र काटेको हो ।
मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख हुँदा डाक्टर बद्री रिजालले गरेका बदमासीविरुद्ध ट्रमाकै केही कर्मचारीहरु आपत्ति जनाएका थिए । उनीहरु अख्तियारदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार, सर्तकता केन्द्रसम्म पुगेका थिए ।
कांग्रेस निकट चिकित्सक संघको पूर्व महासचिव हुँदै बहालवाला उपाध्यक्षको समेत भूमिकामा रहेका रिजालले ट्रमामा रहँदा प्रति कर्मचारी ४ लाखका दरले उठाएर १५ जना भर्ना गरिएको, उक्त सेन्टरमा विरामीका लागि प्रयोग हुने किला काटी, पाता लगायतका स्वास्थ्य सामाग्री आफू निकटका व्यापारीलाई गैरकानुनी रुपमा वेडवेडमा ल्याउन लगाई व्यापार गराएको,प् याथोलोजीमा प्रयोग हुने किट तथा रिएजेन्टहरु आफू अनुकुल मिल्ने स्पेशिफिकेसन बनाइ ३५ लाख लिएर ओम सर्जिकललाई दिलाएको बिषयमा परेको उजुरी उपर केन्द्रले चासो देखाउँदै तीन दिन भित्र कागजात पठाउन भनेको हो ।
उनी पदमा हुँदा बिरामीलाई आफ्नो निजी अस्पतालमा पठाउने गरेको आरोप लाग्दै आएको थियो ।
उजुरी उपर छानविनका लागि सेन्टरका प्रहरी उपरीक्षक राजेन्द्र कुमार पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएकोले तीन दिनभित्र आवश्यक कागजातसहित राय पेश गर्न भनिएको छ ।