पछिल्लो २४ घण्टामा १ लाखको नजिक संक्रमित थपिए

Nepal Cover
२५ भाद्र २०७७, बिहीबार
image

काठमाडौँ । भारतमा एक दिनमै ९५ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। गत २४ घण्टामा भारतमा ९५ हजार ५ सय बढी कोरोनाका संक्रमितहरु थपिएका हुन्। योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ४४ लाख ६२ हजार पुगेको छ।

भारतमा कोरोनाका कारण ७५ हजार बढीले ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र कोरोनका कारण ज्यान गुमाउनेको संख्या १ हजार बढी रहेको छ।

यस्तै, विश्वभरमा गत २४ घण्टामा २ लाख ८३ हजार संक्रमितहरु थपिएका छन्। योसँगै विश्वभरमा हालसम्म २ करोड ८० लाख ११ हजार बढीमा कोरोना संक्रमण देखिएको छ।

यस्तै कोरोनाकै कारण विश्भरमा ९ लाख ७ हजार बढीले ज्यान समेत गुमाएका छन्। हाल विश्वभर ७० लाख २१ हजार बढी सक्रिय संक्रमितको संख्या रहेको छ।

गत २४ घण्टामा भारतपछि अमेरिकामा ३४ हजार ५ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। अमेरिकामा कोरोनाका संक्रमितहरुको संख्या ६५ लाख ४८ हजार ७ सय बढी रहेको छ। अमेरिकामा कोरोनाका कारण १ लाख ९५ हजार बढीले ज्यान गुमाएका छन्।

अमेरिकाजस्तै ब्राजिलमा पनि गत २४ घण्टामा ३४ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। ब्राजिलमा हालसम्म ४१ लाख ९९ हजार बढी कोरोनाका संक्रमितहरु रहेका छन्। जसमध्ये १ लाख २८ हजार बढीको मृत्यु भएको छ।