उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण

Nepal Cover
२५ भाद्र २०७७, बिहीबार
image

काठमाडौँ । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९४, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।