वालेनको प्रशंसामा गीत गाएकी कर्मचारीको नियमानुसार सरुवा गरेको महानगरको स्पष्टिकरण

  Sampatti News 2024

August 19, 2024

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन शाहको प्रशंसामा तिज गीत गाएपछि महिला कर्मचारीलाई सरुवा गरिएको आरोप लागेपछि पोखरा महानगरपालिकाले स्पष्टिकरण दिएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरको नियमित सरुवा प्रक्रियालाई अतिरञ्जित गरिएको स्पष्ट पारेको हो । महानगरको सामाजिक विकास महाशाखामा कार्यरत सातौँ तहकी अधिकृत चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरुवा गरिएको दाबी गरेकी थिइन् ।

उनले एक एक टेलिभिजनमा बालेनको प्रशंसा गर्दै गीत गाउँदा पोखरा महानगरले दुर्गम क्षेत्रमा सरुवा गरेको आरोप लगाएकी थिइन् । कार्यक्रममा थिइन् ।

महानगरले हालै मात्र उनलाई सामाजिक महाशाखाबाट वडा नं. २३ मा सरुवा गरेको छ । वाग्लेले सामाजिक विकास महाशाखामा आएको ३ महिनामै आफूलाई महानगरले बद्‌नियतपूर्वक सरुवा गरेको दाबी गरेकी हुन् । उनले राजश्व धेरै उठ्ने सहरी वडामा छैटौँ तहकै कर्मचारी भए पनि आफूलाई दुर्गम ठाउँमा सरुवा गरेको बताएकी छन् ।

वाग्लेले बालेनको प्रशंसा गरेर गीत गाउँदा सरुवा गरेको आरोप लगाएपछि महानगरले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । महानगरले वाग्लेमात्र नभई नियमानुसार ४२ जना कर्मचारीलाई सरुवा गरिएको जनाएको छ ।

महानगरका प्रवक्ता मोती तिमिल्सिना हस्ताक्षरित उक्त विज्ञप्तिमा कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार भएको दाबी गरिएको छ ।

प्रकाशित मिति:August 19, 2024