शेख हसिनाविरूद्ध विभिन्न कसुरमा १६ वटा मुद्दा दायर

  Sampatti News 2024

August 19, 2024

एजेन्सी । बंगलादेशका निवर्तमान प्रधानमन्त्री शेख हसिनाविरूद्ध विभिन्न कसुरमा १६ वटा मुद्दा दायर भएको छ । पूर्वप्रधानमन्त्री हसिनासहित अवामी लिग पार्टीका ६१ जना नेतारकार्यकर्ताविरूद्ध नारायणगन्जमा हत्याको मुद्दा दर्ता भएको हो ।

उनीविरुद्ध १३ वटा हत्याका, एउटा अपहरणको र दुईवटा मानवताविरूद्धको अपराध र नरसंहारसँग सम्बन्धित मुद्धा दर्ता भएको हो । यस्तै, केही मुद्दाबारे अनुसन्धान गर्न बंगलादेशका विभिन्न अदालतले सम्बन्धित प्रहरी कार्यालययाई निर्देशनसमेत दिएको छ ।

आरक्षण सुधारको माग गर्दै विद्यार्थीहरुले चलाएको आन्दोलनमा सयौंको हत्यासँगै स्थिति नियन्त्रण बाहिर पुगेपछि हसिना अगस्ट ५ मा प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेर भारत भागेकी थिइन् । अहिले पनि उनी भारतमै छिन् ।

आन्दोनकै बीच जुलाई २१ मा मोहम्मद मिलनको गोली प्रहार गरी हत्या भएको थियो । त्यस दिन प्रदर्शनरत विद्यार्थी र अवामी लिग पार्टीका कार्यकर्ताबीच झडप हुँदा उनको गोली लागेर मृत्यु भएको थियो ।

उनी विद्यार्थी आन्दोलनमा पनि सहभागी थिएनन् । अवामी लिगका कार्यकर्तासमेत नरहेका उनी त्यस दिन माछा फार्मबाट फर्किँदै गर्दा सुरक्षाकर्मीको गोली लागेर उनको मृत्यु भएको थियो ।

मिलोनकी श्रीमती र उनका परिवारले सोमबार हसिना र ६१ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको द डेली स्टारले जनाएको छ ।

प्रकाशित मिति:August 19, 2024