काठमाडौं । मनसुनी विपद्मा परेर अहिलेसम्म १९० जनाको ज्यान गएको छ ।
भारी वर्षाका कारण आएको बाढी, पहिरो डुबानलगायत मनसुनी विपद्मा पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएका प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, वाग्मती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ ।
प्रवक्ता कार्कीकानुसार काठमाडौं उपत्यकामा ११, कोसी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, वाग्मती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी २३८ जना विभिन्न विपद्मा परी घाइते भएका छन् । सोही अवधिमा ११४ जनाको उद्धार गरिएको छ ।
बाढीपहिरोमा परी कोसी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, वाग्मतीमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ ।