इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४० हजार नाघ्यो

Nepal Cover
३ भाद्र २०८१, सोमबार
image

एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४० हजार ९९ पुगेको गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

अक्टोबर २०२३ मा प्यालेस्टाइन–इजरायली द्वन्द्व सुरु भएदेखि गत २४ घण्टामा इजरायली सेनाले २५ जनाको ज्यान लिएको छ भने अन्य ७२ जना घाइते भएका छन् । जसमा कुल मृत्यु हुनेको संख्या ४० हजार ९९ पुगेको छ र घाइतेको संख्या ९२ हजार ६०९ पुगेको छ ।

धेरै पीडितहरू भग्नावशेषमुनि र सडकमा पुरिएका छन् । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो ।