सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा मृत्यु

  Sampatti News 2024

August 20, 2024

काठमाडौं । गाडी दुर्घटनामा घाइते भएका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)को मृत्यु भएको छ ।

सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो ।

उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामा कार्कीका श्रीमान् हुन् ।

प्रकाशित मिति:August 20, 2024