पहिरोले अर्घाखाँचीमा एक युवकको मृत्यु

Nepal Cover
४ भाद्र २०८१, मंगलवार
image

काठमाडौं । पहिरोले गोठ पुरिँदा एक युवकको ज्यान गएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका– १३, सिमलपानीमा गोठमाथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पहिरो खस्न थालेपछि गाईवस्तु फुकाउन गोठमा पसेका थापालाई पहिरोले पुरेको थियो ।