यी नदीहरुमा जलसतह बढ्ने, सतर्क रहन अनुरोध

  Sampatti News 2024

August 21, 2024

काठमाडौं । आज विहानैदेखि देशका विभिन्न ठाउँहरुमा पानी परिरहेको छ । बाढी पूर्वाअनुमान महाशाखाले आज विहान सार्वजनीक गरेको रिपोर्ट अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्दो अवस्थामा रहेको छ ।

महाकाली नदी पारीगाँउमा जलसतह सतर्कता तह नजिक रहेको महाशाखाको रिपोर्टमा उल्लेख छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बाग्लुङ, म्यादी, बर्दिया, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भइ बहने अधिकांश स–साना बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ ।

साथै संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, सर्लाही, रौतहट, गोरखा, लमजुङ, रूकुम पश्चिम, जाजरकोट, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाव बढ्ने पूर्वानुमान छ ।

प्रकाशित मिति:August 21, 2024