सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम

  Sampatti News 2024

August 21, 2024

काठमाडौं । आज नेपालमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज रु आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।

यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ। मङ्गलबार प्रतितोला रु।एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ३५ निर्धारण भएको छ।

प्रकाशित मिति:August 21, 2024