शिक्षकद्वारा १५ वर्षीया छात्रा बलात्कार

  Sampatti News 2024

August 21, 2024

फिदिम । पाँचथरको फिदिम नगरपालिका स्थित एक विद्यालयका शिक्षकलले १५ वर्षिय बालिकाको बलात्कार गरेको खुलासा भएको छ ।

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका १२ स्थित सिद्धदेवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजकुमार नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिका बलात्कार गरेको उजुरी परेपछि पाँचथर प्रहरीले नेम्बाङलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सदरमुकाम फिदिमबजारको सुन्तली चोकमा बस्ने बालीकालार्इ बलात्कार गरेको आरोपमा शिक्षक नेम्बाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पीडित बालिका स्वयंले जाहेरी दर्ता गराएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बताए ।

पीडितको जाहेरीका आधारमा नेम्बाङलाई पक्राउ गरी थप अनुसन्धान भइसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:August 21, 2024