सङ्क्रमणकालीन न्यायसँग सम्बन्धि विधेयक राष्ट्रियसभाबाट पारित

Nepal Cover
६ भाद्र २०८१, बिहीबार
image

काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।

सभाको आजका बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रियसभाले विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै ऐन कार्यान्यवनमा आउनेछ ।