मुकुल ढकालको स्पष्टिकरणः रवि लामिछाने ठक र भ्रष्ट नै हो

  Sampatti News 2024

August 23, 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री मुकुल ढकालले समापति रवि लामिछानेलाई फेरि ठग र भ्रष्टको सज्ञां दिएका छन् ।

पार्टीले सोधेको स्पष्टिकरणको जवाफ दिदै उनले लामिछानेलाई सहकारी, भ्रष्टचार र राहधानीका विषयमा कुरा उठाउदै ठक भएको दाबी गरेका छन् ।

उनले अध्यक्ष लामिछानेलाई सम्बोधन गरेर पठाएको पत्रमा लामिछानेमाथि फेरि प्रश्नै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु । सहकारी मुद्दामा तपाई ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ, भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ । राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न । यीसँगै अन्य धेरै ठाउँमा किर्ते ठगीमा संलग्न हुनुहुन्छ । आफू ठगी, भ्रष्टाचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईं दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ । आम पार्टी सदस्य एवं नेतागणका राजनीतिक भविष्यलाई तपाईंले कसरी आफ्नो निहित स्वार्थका लागि प्रयोग गरिरहनु भएको छ, म त छर्लंग छु र पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो । आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ र प्रश्न गर्नेलाई कारबाहीको डन्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ । यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ । आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारवाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन् ।’

उनले अगाडि भनेका छन्, ‘हामीले पार्टी स्थापना गर्दा लोकतान्त्रिक पार्टीको परिकल्पना गरेका थियौं, तर २ वर्ष नबित्दै पार्टीको लोकतन्त्र शब्दमा मात्र सीमित भएको छ । तर नेपाली जनताले पटक पटक बलिदानी र त्याग गरेर ल्याएको लोकतन्त्र तपाईंको निरंकुशतासँग हार्दैन । सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन । उल्टै भ्रष्टाचारमा लिप्त हुनु भयो । तपाईंजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टी विपरीत होइन । यसरी म पार्टी र जनताको हितका लागि हिडिरहँदा पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारवाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ । पार्टीविपरीत म होइन तपाईं लाग्नु भएको छ ।’

उनले पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन आफूले केही कदमहरू चालेको स्वीकार गर्दै त्यो कदमलाई अध्यक्ष लामिछानेले पार्टीको हित विपरीत भन्नु सरासर गलत भएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘किनकि मैले उल्लेख गरेका सबै कुरा म प्रमाणित गर्न सक्छु, पार्टीको प्रस्तावनामा नै रास्वपा बहुलवादी लोकतान्त्रिक पार्टी रहेको उल्लेख छ । अध्ययन गर्ने बानी त तपाईंमा छैन, तर पनि बहुलवादी लोकतान्त्रिक पार्टी भनेको के हो, विश्वव्यापी मान्यता के छन्, अध्ययन गर्नुहोस् । नेपालको संविधानले नेपाललाई बहुदलीय लोकतान्त्रिक व्यवस्था भएको देशको रूपमा चित्रण गरेको छ र संविधानले नै पार्टीहरू लोकतान्त्रिक हुनुपर्ने उल्लेख गरेको छ । प्रश्न सोध्दैमा कारबाही गर्न न संविधानले दिन्छ, न देशको नियम कानुनले । तपाईंले चाहेर पनि लोकतन्त्रमाथि प्रहार गर्न सक्नुहुन्न । बहुमततन्त्र र लोकतन्त्रमा फरक छ र मैले नेपालको संविधान, पार्टीको विधानले दिएको लोकतान्त्रिक एवं राजनीतिक अधिकार उपभोग गरेर तपाईंलाई प्रश्न गरेको हुँ र यसले पार्टीको विधान, आचारसंहिता केही पनि उल्लंघन गर्दैन । यसलाई विषयान्तरको रूपमा नबुझियोस्, यो त तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई जोगाउन गरिएको लडाईं हो । यसर्थ ममाथिको गरिएको भनिएको र गरिने भनिएको कारबाही पार्टीको विधान, नियमावली कार्यविधि, पार्टी केन्द्रीय समितिको विगतको निर्णयको बर्खिलाप छ । साथै नेपालको संविधान र विश्वव्यापीरूपमा स्थापित लोकतान्त्रिक मूल्य मान्यता विपरीत छन् ।’

प्रकाशित मिति:August 23, 2024