सुनको मुल्य बढ्यो, कति छ भाउ ?

Nepal Cover
९ भाद्र २०८१, आईतवार
image

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक हजार रूपैयाँले बढेको हो ।

शुक्रबार १ लाख ५१ हजार ४ सय रूपैयाँ कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ५२ हजार ४ सय रूपैयाँमा कारोबार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार तोलामा १ हजार ८ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज ३५ रूपैयाँले बढेर १ हजार ८ सय ५० रूपैयाँमा कारोबार भैइरहेको छ ।