सुनको मूल्य हालसम्मकै उच्च

  Sampatti News 2024

August 28, 2024

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज जारी गरेको मुल्य सूचीमा आज प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयामा कारोबार सुरु भएको हो ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

यसैगरी चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य १ हजार ८५५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति:August 28, 2024