मध्यरातमा प्रधानमन्त्रीले गृहसचिव बोलाएर के भने ?

  Sampatti News 2024

August 28, 2024

काठमाडौं । पछिल्लो समय ‘हेर्ने कथा’मा चर्चामा रहेका प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिवलाई निर्देशन दिएका छन् ।

ओलीले मंगलबार राति नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीका अनुसार गृह सचिव अर्यालले दुई–चार दिन भित्रमै नागरिक दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको बताएका छन् । सो बारे तामाङलाई पनि जानकारी दिइसकेको छ। तामाङले नागरिकता प्राप्त गरेपछि उनलाई आवश्यक सहयोग गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् , ‘शुभ बिहानी ११ हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुईरचार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।’

प्रकाशित मिति:August 28, 2024