नेकपा एसः पदाधिकारीमा हारेकाको पोलिट्ब्युरोमा लोकप्रिय मत, को-को निर्वाचित भए ?

  Sampatti News 2024

August 29, 2024

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ ।

पदाधिकारीको परिणाम बुधबार आएको थियो भने पोलिट्ब्युरोमा सदस्यको परिणाम पनि आज आएको हो ।

प्राप्त परिणाम हेर्दा उत्ता पादाधिकारीमा हारेका नेताहरुले यता भने लोकप्रिय मत ल्याएका छन् ।

मत गणनामा विरोध खतिवडाले सर्वाधिक मत ल्याएर पोलिट्ब्युरो सदस्य जितेका छन्। दोस्रो लोकप्रिय मत ल्याउनेमा जीवनराम श्रेष्ठ, तेस्रोमा रमा आले र चौथोमा रामकुमारी झाँक्रीको मत छ। यस्तै रामचन्द्र झा पाँचौँमा हुँदा विजय पौडेललाई ७ औँ मत आएको छ। विरोध उपाध्यक्ष, जीवनराम उपमहासचिव, झाँक्री र रामचन्द्र उपाध्यक्षमा हारेका थिए।

यस्तै विजय पौडेल पनि उपाध्यक्ष हारेका हुन्। यस्तै सचिव हार्ने दिलकुमारी पन्तले १९ औँ लोकप्रिय मत ल्याएकी छन्।

प्रकाशित मिति:August 29, 2024