सुनको भाउ हालसम्मकै उच्च, कति पुग्यो ?

  Sampatti News 2024

August 29, 2024

काठमाडौं । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बनेको छ । हिजो पनि रेकर्ड बनाएको सुनको भाउले आज फेरि किर्तिमानी मूल्य बनाएको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तोलामा १ लाख ५३ हजार २०० रुपैयाँले कारोबार सुरु भएको हो ।

हिजो तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधवार तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८३० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मिति:August 29, 2024