तीन देशका लागि महावाणिज्यदूत नियुक्त

  Sampatti News 2024

August 30, 2024

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन देशका लागि महावाणिज्यदूत नियुक्त गरेको छ । सरकारले कलकत्ता बेइजिङ, ग्वान्जाओ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको हो ।

कलकत्ताको महावाणिज्यदूतमा सह सचिव झक्कप्रसाद आचार्य नियुक्त भएका छन् भने सह सचिव लक्ष्मी निरौलालाई ल्हासा र भरत खनाललाई ग्वान्जाओ पठाउने निर्णय भएको छ ।

बेइजिङको हकमा भने मन्त्रिपरिषद् आउन नपर्ने भएकोले परराष्ट्र मन्त्रालयबाट नै सिधै पोष्टिङ गर्नेछ ।

गत साउन ३१ गते सरकारले सह सचिवहरू झक्क प्रसाद आचार्य, लक्ष्मी प्रसाद निरौला, विन्देश्वर प्रसाद लेखक र भरत खनाललाई परराष्ट्र मन्त्रालय पठाउने निर्णय गरेको थियो । जसमध्ये तीन जनालाई हिजो पोष्टिङ गर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति:August 30, 2024