अब, गृह मन्त्रालयमा को आउला नयाँ सचिव ?

  Sampatti News 2024

August 31, 2024

काठमाडौं । गृह मन्त्रालयका कार्यरत सिनियर सचिव एक नारायण अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गरेसँगै गृहमा सचिव बन्नका लागि दौढधुप सुरु भएको छ ।

रमेश लेखक अहिले गृहमन्त्री छन् । लेखक कांग्रेसका भएकाले काँग्रेस निकटका सचिवहरुबीच प्रतिष्प्रर्धा रहेको बुझिएको छ । स्रोतका अनुसार गृहसचिव बन्नका लागि आधा दर्जन सचिवहरुको दौडधुप सुरु भएको छ ।

गृह मन्त्रालयको सचिव बन्ने लाइनमा अर्जुन पोखरेल, दीपक काफ्ले, विनोद सिंह, नारायण शर्मा दुवाडी, कृष्णहरि पुष्कर र दिनेश भट्टराईको चर्चा छ ।

स्रोतका अनुसार विनोद सिंह र कृष्णहरी पुष्कर मध्ये एक जनाको प्रवल सम्भावना देखिएको छ । यता अर्जुन पोखरेल पनि बूढानिलकण्ठसँग सम्बन्ध प्रगाढ रहेका कारण सचिव बन्न शक्तिकेन्द्र धाइरहेको बुझिएको छ ।

सचिव सिंह भेगिए हिसावले र सेवा अवधि थोरै भएकाले आफुले पाउनुपर्ने भन्दै शक्ति केन्द्रमा धाउदै छन् । त्यस्तै गृह मन्त्रालयमा आफुनै योग्य भएको र सरकारको अपेक्षा अनुरुप नतिजा दिन सक्ने क्षमता आफुमा भएको दाबी गर्दै पुष्कर पनि गृह सचिव बन्ने चाहाना पोखिरहेका छन् ।

प्रकाशित मिति:August 31, 2024