दुई नाबालिका एकै ठाउँमा मृत अवस्थामा फेला

Nepal Cover
१५ भाद्र २०८१, शनिबार
image

काठमाडौं । मोरङमा दुई नाबालिका एकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको सुन्दराचौर नगरपालिका–७ केराबगानभित्र एक र तीन वर्षीया बालिकाहरु मृत अवस्थामा फेला परेका हुन् ।

सुन्दराचौरका स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत भेटिएका १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार अर्जुनकी श्रीमती समेत केही दिनदेखि सम्पर्कविहीन रहेकी छिन् ।

गत शुक्रबार राति अर्जुन र उनकी श्रीमती अस्मिताबीच विवाद भएको थियो । राति नै अस्मिता २ छोरी लिएर घरबाट हिँडेकी थिइन् ।