नुवाकोटमा केन्द्रीय काराकार आजबाट सञ्चालन

  Sampatti News 2024

August 31, 2024

काठमाडौं । नुवाकोटमा केन्द्रीय काराकार आजबाट सञ्चालनमा आएको छ । कारागारको पहिलो युनिट भवनको नवनिर्मित संरचनाको आज गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेसँगै जिल्ला कारागार नुवाकोटका कैदीबन्दी स्थानान्तरण गरेर कारागार सञ्चालनमा ल्याइएको हो ।

विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण गरिएको केन्द्रीय कारागारको भवनलाई औद्योगिक कारागारका रूपमा स्थापित गराउन आवश्यक थप संरचनालाई क्रमशः निर्माण गर्दै अघि बढाइने गृहमन्त्री लेखकले जानकारी दिए। “देशभरमा करिब १३ हजार क्षमताको कारागारमा अहिले २८ हजारलाई राख्दै आएका छौँ,” उनले भने “गृह मन्त्रालयले एक सय दिनमा गर्ने कार्ययोजनाअनुरुप केन्द्रीय कारागार सञ्चालनमा ल्याइएको छ । आवश्यक थप संरचनाको क्रमशः निर्माण अघि बढाउँदै लगिनेछ ।”

कारागारलाई सुधार गृहका रूपमा अघि बढाउन सरकारले विभिन्न योजना बनाए पनि भौतिक पूर्वाधार अभावले समस्या भइरहेको समयमा नुवाकोटको केन्द्रीय कारागारलाई नमूनासहित औद्योगिक कारागार बनाई आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने गृहमन्त्री लेखकको भनाइ छ ।

प्रकाशित मिति:August 31, 2024