‘मैलै १७ हजार मान्छे मारेको हो र ?’

  Sampatti News 2024

August 31, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको नेपाल बंगलादेश र श्रीलंकाजस्तै बन्ने भनेर दिएको चेतावनीको जवाफ फर्काएका छन् । प्रचण्डले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुने अभिव्यक्ति दिएपछि ओलीले आफूले १७ हजार मान्छे नमारेको भन्दै खुट्टा नकमाउने बताएका हुन् ।

शनिबार क्याप्टेन रामेश्वर थापाको ‘इन्ट द फायर’ को पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले बेथिति आजको समयमा चलाउन नसकिने तर्क गरेका छन् । बंगलादेशमा केही भयो भनेर नेपालमा त्यहीँ हुने नेपाल कुनै देशको फोटोकपी मेसिन होइन भन्ने उनको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको संरक्षणमा आफूले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भ्रष्टाचार नगर्ने र देशको सम्पत्तिमा लोभ नगर्ने दाबी गरेका छन्। ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको र समयभन्दा अघि नै पद त्याग गर्ने योजना रहेको पनि स्पष्ट गरेका छन् ।

प्रकाशित मिति:August 31, 2024