पेट्रोलियम पदार्थको मूल्य घट्यो

  Sampatti News 2024

September 1, 2024

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँले घटेको जनाएको छ।

त्यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर रु.५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटेको निगमले जनाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) बाट एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु. ३५.११ ले बढेर आए पनि हाललाई बिक्री मूल्य यथावत राखिएको निगमले बताएको छ।

मूल्य घटेसँग पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र बीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर रु. १६०.५० र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु.१५१.५० कायम भएको छ।

त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु. १६२ र डिजेल तथा मट्टितेलको मूल्य १५३ कायम भएको निगमले जनाएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु. १६३ र डिजेल तथा मट्टितेलको मूल्य रु. १५४ कायम भएको छ।

प्रकाशित मिति:September 1, 2024