नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदनमा छलफल हुँने

Nepal Cover
१६ भाद्र २०८१, आईतवार
image

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ। आज हुने बैठक साउन २३ गतेदेखि चलिरहेको केन्द्रीय समिति बैठकको निरन्तरता हो।

यसअघि बुधबार बस्ने तय भएको बैठक दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेक समसामियक राजनीतिक प्रस्तावबारे विवाद भएपछि छलफल गरेर सहमति जुटाउन बैठक सारिएको थियो। गत फागुनमा महासमिति बैठकमा पेस गरेको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गर्ने भनिएको थियो।

महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३ गतेदेखि नै छलफल भएको थियो। महामन्त्री थापाको प्रतिवेदनमा १५ औं महाधिवेशन कार्यतालिका बनाएर जाने र चुनावअघि कसैसँग पनि गठबन्धन नगर्ने विषय समावेश छ। तर ती विषय अहिले नै निधो गरेर जान नहुनेमा सभापति देउवासहित उनी पक्षका अधिकांश केन्द्रीय सदस्यहरू उभिएका छन्।