September 1, 2024
काठमाडौं । केही दिनदेखि ओरालो लागेको धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि घटेको छ ।
साताको पहिलो कारोबार दिन आज शेयर बजार ५३ दशमलव ६३ अंकले घटेको छ । १ दशमलव ९५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २ हजार ६ सय ९५ बिन्दुमा आइपुगेको छ ।
त्यस्तै आज कारोबार रकम पनि खुम्चिएको छ । आज कुल करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता शेयर १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यस्तै आज सुपर माइ हाइड्रोपावर, हिमालय पावर पार्टनर लिमिटेड, कुटेली भुकारी साना जलविद्युत आयोजना, सानिमा लार्ज क्यापिटल लिमिटेड लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । साथै पिपुल्स हाइड्रोपावर, माइखोला हाइड्रोपावर थ्री स्टार हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।
प्रकाशित मिति:September 1, 2024
November 22, 2024