तीन जना डीआइजीको सरुवा

  Sampatti News 2024

September 3, 2024

काठमाडौं । काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआइजीपी)को सरुवा भएको छ। गृह मन्त्रालयले सोमबार तीनजना डीआईजीको काज सरुवा गरेको हो।

बागमती प्रदेश प्रहरी प्रमुखमा कृष्णहरि शर्मा पोखरेललाई सरुवा गरिएको छ । यसअघिका डीआईजी विष्णुकुमार केसी ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि अनिवार्य अवकासमा गएपछि प्रदेश प्रहरी प्रमुख रिक्त भएको थियो। उक्त स्थानमा काडमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआईजी पोखरेललाई जिम्मेवारी दिइएको हो।

यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुखमा डीआईजी भरतबहादुर बोहरालाई काज सरुवा गरिएको छ। बोहरा यसअघि कार्यविभागमा कार्यरत थिए।

ट्राफिक प्रहरी प्रमुख समेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठ अवकास भएसँगै रिक्त भएको हो। तर ट्राफिक प्रमुखमा काजमा डीआईजीलाई खटाइँदै आएको छ।

उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा डीआईजी किरण राणालाई जिम्मेवारी दिइएको छ। राणा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा कार्यरत थिए ।

प्रकाशित मिति:September 3, 2024