डा. नारायण रेग्मी पर्यटन विभागको महानिर्देशक नियुक्त

  Sampatti News 2024

September 3, 2024

काठमाडौं । सहसचिव डा. नारायण रेग्मी पर्यटन विभागको महानिर्देशक नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले रेग्मीलाई नियुक्त गरेका हुन् ।

तत्कालीन महानिर्देशक रुद्र प्रसाद पण्डितको सरुवा भएसँगै रिक्त पदमा डा. रेग्मीलाई विभागको नेतृत्व दिएको हो । सहसचिव रेग्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०८१ साउन ३१ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका थिए ।

प्रकाशित मिति:September 3, 2024