सरकारका प्रवक्ता गुरुङलाई वर्खास्त गर्न कांग्रेस सांसदको माग

  Sampatti News 2024

September 3, 2024

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गुरुङले हालै एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर बर्खास्त गर्न माग गरेका हुन् ।

एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिवार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आव्हान गर्दछु।’

शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुने बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्य तथ्य बङ्गाएर समाजमा वितृष्णा फैलाउने र पार्टी पार्टीबीच सम्बन्ध नबिगार्न सबैलाई अनुरोध गर्दछु।’

सरकारका प्रवक्ता गुरुङको आपत्तिजनक अभिव्यक्तिको विरोध गर्ने क्रम बिस्तारै सुरु भएको छ । यसैक्रममा सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद शंकर भण्डारीले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् ।

पूर्व प्रहरी संगठन प्रमुख मञ्च, काठमाडौंले पनि प्रेस विज्ञप्तिमार्फत् सरकारका प्रवक्ता गुरुङको अभिव्यक्तिको भत्र्सना गरेको छ ।

प्रकाशित मिति:September 3, 2024