दशैंमा राष्ट्र बैंकले नयाँ नोट नसाट्ने

  Sampatti News 2024

September 3, 2024

काठमाडौं । हरेक वर्ष राष्ट्र बैंकले दशैं तिहारमा नयाँ नोटको सटही गर्दे आएको छ । तर यसपालिको दशैंमा भने नयाँ नोट नसाट्ने जनाएको छ ।

पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए ।

नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या हुने गरेको छ । राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यास अगाडि बढाउने प्रयास गरेको थियो ।

ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने भएकाले दशैंमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेको बुझिएको छ ।

दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति:September 3, 2024