हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग

  Sampatti News 2024

September 3, 2024

काठमाडौं । गाजामा वन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धाविराम गरी गाजामा वन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो ।


िकरिब ७ लाख मानिसहरूले देशका मुख्य सडकहरूमा र देशव्यापी जंक्शनहरूमा प्रदर्शनमा भाग लिएका थिए ।

६५ लाख ५० हजारले तेल अवीवको केन्द्रिय र्‍यालीमा भाग लिएको दाबी गरिएको छ ।

इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले ६ जना बन्धकको शव बरामद गरेको बताएपछि सोमबार बिहानैदेखि शुरु भएको विरोध प्रदर्शन रातभर जारी रह्यो ।

गाजाबाट दुई महिला र चार पुरुषको शव फेला परेको थियो । आइडीएफले सैनिकहरू आइपुग्नुभन्दा केही समयअघि हमासको सुरुङमा बन्दीको हत्या गरेको बताएको थियो ।

छ जनालाई अक्टोबर ७, २०२३ मा इजरायल छिरेका हमास लडाकुले आक्रमणको क्रममा जिउँदै पक्राउ गरिएको थियो ।

उता, हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू “कफिनभित्र“ फर्काइने चेतावनी जारी गरेको छ ।

पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने प्रयास गरेको हमासको आरोप छ ।

यसै गरी प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकरुहको हत्या गरेको दावी गर्दै आएका छन् ।

यही स्थिती कायम रहेमा बन्दकहरु कफिनभित्रै फर्किने इजेदिन अल(कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्ति मार्फत जनाएका छन् ।

प्रकाशित मिति:September 3, 2024