आन्तरिक हवाइ उडानको भाडा घट्यो

  Sampatti News 2024

September 3, 2024

काठमाडौं । नेपालको आन्तरिक हवाई उडानको भाडा घटेको छ । नागरिक उड्डयन प्राधिकरणले हवाइ इन्धनको मूल्य घटेर आएसँगै त्यस अनुसार मूल्य समायोजन गरेको हो ।

गत भदौ १५ गते नेपाल आयल निगमले आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको थियो । त्यससँगै प्राधिकरणले मूल्य समायोजन गरेको हो ।

जसअनुसार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्म भाडा घटाइएको हो ।

अब काठमाडौंदेखि भैरहवासम्मको भाडा २७ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि २८ सय २० रुपैयाँ रहेकोमा १०५ रुपैयाँ मूल्य घटेको हो ।

त्यस्तै नेपालको आन्तरिक उडानमा लामो रुट मानिने काठमाडौं–धनगढीको भाडा २२० रुपैयाँ घटाइएको छ । यसअघि त्यहाँको भाडा ६ हजार ५० रहेकोमा भाडा घटेसँगै अहिले ५८ सय ३० कायम भएको छ ।

प्रकाशित मिति:September 3, 2024