उच्च शिक्षा पढ्न राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्मको कर्जा दिने

  Sampatti News 2024

September 4, 2024

काठमाडौं । उच्च शिक्षा पढ्न राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्मको कर्जा दिने योजना ।

बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको हो ।

राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले रु.५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ ।

प्रकाशित मिति:September 4, 2024