लगानी वोर्डको सिइओमा ज्ञवाली लगभग निश्चित

  Sampatti News 2024

September 4, 2024

काठमाडौं । लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली आउने निश्चित भएको छ ।

बोर्डको सिइओ बन्न ५ जना प्रस्तिस्पर्धामा थिए । सिइओ बन्न निवेदन दिएकाहरुमा, भूमिकास्थान नगरपालिका वडा नं. ९, अर्घाखाँचीका विष्णु प्रसाद भट्टराई, व्यास नगरपालिका, वडा नं. ९, तनहुँका रघुराज काफ्ले, ललितपुर महानगरपालिका वडा नं. २९, ललितपुरका सुशील ज्ञवाली, धनुषाधाम नगरपालिका वडा नं। २, धनुषाका रामदेव यादव, काठमाडौ महानगरपालिका वडा नं. ४, काठमाडौंका भिष्म राज ढुङ्गाना, रहेका छन् ।

पुन निर्माण प्रधिकरणको सफल नेतृत्व गरेका ज्ञावलीलाई बोर्डको सिइओको जिम्मेवारी दिन लागिएको स्रोतले बताएको छ ।

प्रतिस्पर्धिहरु धेरै देखिएपनि सुशील ज्ञवालीनै सिइओ बन्ने पक्का भएको एमाले निकट स्रोतले बताएको हो ।

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (७) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्न नेपाल सरकारसमक्ष नाम सिफारिस गर्ने प्रयोजनका लागि मिति २०८१–०४–२८ गते सूचना प्रकाशित गरेको थियो ।

यसअघिका सिइयो शुसिल भट्टको कार्यकाल सकिएपछि नयाँ सिइओ छनोट प्रकृया अघि बढेको हो ।

प्रकाशित मिति:September 4, 2024