उच्च अंकले घट्यो शेयर बजार

  Sampatti News 2024

September 4, 2024

काठमाडौं । आज शेयर बजार निरास देखिएको छ । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ ।

आज कुल ९० दशमलव ७३ अंकको गिरावट आउँदा बजार २ हजार ७ सय ३९ दशमलव ४६ बिन्दुमा रोकिएको नेप्सेले जनाएको छ ।

३ दशमलव २० प्रतिशतले बजार संकुचन हुँदा कारोबार रकम भने १२ अर्ब भएको छ । नेप्सेका अनुसार आज कुल १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज कुल २ करोड ६५ लाख ८४ हजार १ सय ९२ कित्ता शेयर कारोबार हुँदा ३१ वटा कम्पनीको शेयर बढेको छ भने २१३ कम्पनीको शेयर घटेको र एउटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति:September 4, 2024