नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्ति दिने तयारी

  Sampatti News 2024

September 5, 2024

काठमाडौं । नेपाल सरकारको आज बस्नै नियमित मन्त्रीपरिषद्को बैठकले नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियुक्ति गर्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले सम्भवतः पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त गर्नेछ ।

यस अघिको सरकारले समितिनै गठन गरेर सार्वननिकरुपमा आवेदन माग गरेको थियो ।

उक्त समितिले लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो ।

तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले संगीता पहाडी, अनिल झा र शालिग्राम पराजुलीको नाम सिफारिस गरेकोमा नयाँ मन्त्री पृथ्वीसुब्बा गुरुङले सोही प्रस्ताव मन्त्रिपरिषदमा लगेका छन् ।

प्रकाशित मिति:September 5, 2024