आज सुनको मूल्य कति छ ?

Nepal Cover
२० भाद्र २०८१, बिहीबार
image

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर बनेको छ ।

बुधबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा सामान्य वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ७५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।