सुन्दरीजलमा एक युवतीको शव फेला

Nepal Cover
२० भाद्र २०८१, बिहीबार
image

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव फेला परेको छ ।

सुन्दरीजलको खोला किनारको चेपमा ती युवतीको शव चेपिएको अवस्थामा फेला परेको हो ।

बिहीबार मध्यान्न एक युवतीको शव फेला परेको भन्ने सूचना पाएपछि प्रहरी टोली त्यहाँ खटाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

उक्त शवको पहिचान खुल्न नसकेको र अहिले अनुसन्धान भइरहेको उनले बताए ।