तत्कालीन वडा अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा दायर

  Sampatti News 2024

September 6, 2024

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ तत्कालिन वडा अध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । नवलपारासीको पाल्हीनन्द गाउँपालिकाका तत्कालीन वडा अध्यक्ष ओमप्रकाश तेलीसहित १७ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको हो ।

पाल्हीनन्दन गाउँपालिका–५ तत्कालीन वडाध्यक्ष तेलीसहित तत्कालनि वडा सदस्य नरेशप्रसाद बढई, सोही वडामा बस्ने रविकुमार खत्री, मजिद जोलाहा, पुर्नमासी अहिर, प्रेमसागर चौधरी, बृज भूषण नाथ योगी, नारद कुर्मी, कपिल देव कुर्मी, राधेश्याम बनिया, पशुपति बनिया, सोमै कहार, भगौती चमार, सेतवाध यादव, रमेश सहानी, संघर्ष कुमार खत्री र हरिशंकर बनियाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले विशेष अदालतमा उनीहरुविरुद्ध गलत लिखतका आधारमा जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको ठहर गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गैर–नेपाली नागरिकलाई गलत लिखतका आधारमा नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरू दोषी देखिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति:September 6, 2024