सहसचिव कार्की सचिवमा बढुवा

  Sampatti News 2024

September 6, 2024

काठमाडौं । सरकारले सहसचिव गोविन्द कार्कीलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि डा. कमल प्रसाद पोखरेल, गोविन्द कार्की र महादेव पन्थको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति:September 6, 2024