नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

  Sampatti News 2024

September 6, 2024

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै पालामा गठित सिफारिस समितिले आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो । तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले संगीता पहाडी, अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेकोमा नयाँ मन्त्री पृथ्वीसुब्बा गुरुङले सोही प्रस्ताव मन्त्रिपरिषदमा पठाएका थिए ।

प्रकाशित मिति:September 6, 2024