गृह सचिवमा आए दुवाडी

  Sampatti News 2024

September 6, 2024

काठमाडौं । गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले गृह मन्त्रालयको सचिव कसलाई बनाउने भन्नेमा निर्णय हुन सकेको थिएन ।

गृहमन्त्री रमेश लेखक बैठकमा ढिलो पुगेपछि निर्णय गर्ने अधिकार प्रधानमन्त्री र गृहमन्त्रीलाई दिइएकोे थियो ।

त्यहि अनुरुप दुवाडी गृहको सचिव नियुक्त भएका हुन् ।

क्याविनेट बैंठक अघि सचिव दुवाडी गृहमन्त्री रमेश लेखकलाई भेट्न गएका थिए ।

गृह सचिव हुने लाइनमा कृष्णहरी पुष्कर, विनोद सिंह, अर्जुन पोखरेल, नारायण शर्मा दुवाडी, हरि मैनाली गोकर्णमणि दुवाडी लगायतबीच प्रतिस्पर्धा रहँदै आएको थियो । अरु प्रतिष्प्रर्धीलाई पछि पार्दै दुवाडीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको उच्च स्रोतले जानकारी दिएको छ ।

यसअघिका गृहसचिव एकनारायण अर्याल भदौ १४ मा मुख्यसचिव नियुक्त भएका थिए ।

प्रकाशित मिति:September 6, 2024