विहीबारको मन्त्रिपरिषद्को बैठका निर्णय (सूचीसहित)

  Sampatti News 2024

September 6, 2024

काठमाडौं । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयहरु सार्वजनिक भएको छ ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान जाने निर्णय भएको बताए ।
संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ सम्म न्युयोर्कमा हुँदैछ ।

बैठकले दूरसञ्चार कम्पनी लिमिटेडको रिक्त प्रवन्ध निर्देशक पदमा संगिता पहाडी अर्याललाई नियुक्त गर्ने, रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले बैठकले पेरिस पारा ओलम्पिक २०२४ मा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति:September 6, 2024