सतर्कतामा उपसचिव श्रीधर ज्ञवालीको हालिमुहाली, सरकारीको सम्पत्तिको दुरुपयोग !

  Sampatti News 2024

September 6, 2024

काठमाडौं । कर्मचारीलाई नै नियमन गर्ने निकायमा बसेर सरकारी सम्पति दुरुपयोग गर्ने एक उपसचिवको कर्तुत बाहिर आएको छ ।
जो हुन राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत उपसचिव श्रीधर ज्ञवाली, उनले सरकारी सम्पत्तिको चरम दुरुपयोग गरेको पाइएको हो ।
विभिन्न मन्त्रालय, निकाय वा कार्यालयका कर्मचारीहरुले कानुन र नियम विपरित काम गरे उनीहरुलाई कावार्हि गर्ने अधिकार सम्पन्न कार्यालय हो सतर्कता केन्द्र । तर ज्ञवालीले भने आफुले नपाउने सुविधा नै लिदै रजाई गरिरहेका हुन ।
उपसचिव ज्ञवालीले प्रशासनका सहसचिव र सचिवलाईसमेत थर्काएर सवारी साधन, इन्धन, चालक र मर्मतसम्भार खर्च सुविधासमेत लिदै आएका छन् ।
ज्ञवाली तिनै कर्मचारी हुन, जो प्रभु साह शहरी मन्त्री हुँदा खाजाको पैसाको बिषयमा लफडा निस्केपछि त्यहाँबाट सञ्चारमा हुँदै सतर्कता केन्द्रमा पुगेका उपसचिव । उनी ०८० मंसिर १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट केन्द्रमा सरूवा भएर आएका हुन् ।
उपसचिवलाई सरकारले गाडि सुविधा दिएको हुँदैन् । तर उपसचिव ज्ञवालीले सवारी सुविधा लिने गरेका छन् । कार्यालय प्रयोजनका लागि प्रयोग हुने गाडि ज्ञवालीले आफ्नै घरमा लैजाने गरेका छन् ।
त्यति मात्र हैन उनले कार्यालय विदा भएपछिको समयमा आएका उजुरीहरु हेर्दै फोन गर्ने र दुखसमेत दिने गरेको खुल्न आएको छ । उनी केन्द्रका लेखाका हाकिम हुन् । राति अवेरसम्म बसेर उजुरी हेर्ने र टेलिफोन गरी थर्काउने गरेको पिडितहरुले गुनासो गर्ने गरेका छन् ।
स्रोतका अनुसार ज्ञवालीले आफु मातहतका लेखापाल लोकनाथ दाहाल र लेखा अधिकृत कमल खड्कालाई पनि शोषण गर्ने गरेका छन् । लेखामा कर्मचारी अभाव हुँदा करारमा नियुक्त गरेका कर्मचारीलाईसमेत उनले हटाएका थिए ।
सतर्कता सरकारी निकायबाट सुविधा लिने जो कोहिको पनी अनुसन्धान गर्ने, चेत गराउने, विभागीय कारवाही गर्ने जस्ता अधिकार पाएको संस्था हो । तर त्यहि संस्थाका हाकिमले त्यस्तो रजाई गर्न थालेपछि कर्मचारी वृत्तमा हलचल मच्चिएको छ ।

प्रकाशित मिति:September 6, 2024