सिंहदरबार भित्र कर्मचारीको मस्ति, ‘टिएमएस’ खोल्छन् शेयर कारोबार गर्छन्

प्रशासनिक काममा असर, अख्तियार ‘एक्सन’ लिने तयारीमा

  Sampatti News 2024

September 7, 2024

काठमाडौं । पछिल्लो समय सिंहदरबार भित्रका कर्मचारीहरु काम नै छाडेर शेयर कारोबारमा तल्लिन हुन थालेका छन् । यहाँका खरिदारदेखि उपसचिवसम्म कार्यालय समयमै शेयर कारोबारमा व्यस्त रहेको पाइएको हो ।

यहाँका कर्मचारीहरु शेयर बढ्दा खुसि हुने र शेयर घटेमा दुखि हुने र कामै नगर्ने गरेको स्रोतको भनाई छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाअन्तर्गतका समितिका कर्मचारीहरु त झन बैठक नहुने दिनमा टिएमएस मात्र हेरेर बस्ने गरेको स्रोत बताउछ । त्यहाँका अधिकांश कर्मचारी आफूले काम गर्ने सरकारी कर्मचारी कम्प्युटरमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) चलाउँछन् ।
अर्थ मन्त्रालयमा पनि कर्मचारीहरु दिनभर टिएमएस खोलेरै बस्ने गरेका स्रोत बताउछ । सिंहदरबार भित्रका प्रायजसो हरेका कार्यालयमा टिएमएस खोलेर बस्ने प्रवृत्तिले सेवाग्राही निकै मारमा परिरहेको स्रोत बताउछ ।

अख्तियार रोक लगाउने तयारीमा

सिंहदरबार भित्र टिएमएस आतकं मच्चिएको भन्दै अख्तियारमा वेनामे उजुरी परेपछि अख्तियारले यसबारे अध्ययन गरेको छ ।

शेयर कारोबारका कारण कार्यालयको काम प्रभावित भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

कर्मचारी काम नै छोडेर सेयर कारोबारी बनेपछि सरकारको केन्द्रीय प्रशासनिक नियकाको कामको प्रभावकारितामा समेत असर पर्ने गरेको बुझिएको छ ।

कार्यालयभित्र सेयर कारोबारका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) अख्तियारले बन्द गराउन लागेको छ ।
कार्यालय समयमा कर्मचारीले सेयर कारोबार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत कार्यालय समयमा सिंहदरबारमा टीएमएस बन्द गराउने गरी पत्राचार गर्न लागेको हो ।

प्रकाशित मिति:September 7, 2024