कर्मचारीको तनखा वृद्धि गर्न तत्काल सम्भव छैनः प्रधानमन्त्री ओली

  Sampatti News 2024

September 7, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको तलब तत्काल नबढ्ने बताएका छन् ।

आज निजामती सेवाको २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले तत्काल तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन् ।

उनले अहिलेको अर्थतन्त्रले तलब बढाउन नसकिने जिकिर गरेका हुन् ।

अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका हुन् ।

उनले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरूको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउन सके पछि पारिश्रमिक र सुविधा पनि बढ्ने बताए । उनले नियोजित र प्रायोजित रूपमा सरकारको विरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रूपमा लिने गरिएको बताए ।

प्रकाशित मिति:September 7, 2024